पामे सहकारीको साधारण सभा, विभिन्न व्यक्ति सम्मानित

पाेखरा | कात्तिक ६, २०७९

पामे सहकारीको साधारण सभा, विभिन्न व्यक्ति सम्मानित

पोखरा : सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका रजिष्ट्रार रमेश घर्तिले सहकारीका सिद्धान्तलाई बाचन गरेर मात्रै हैन आत्मसात गरेर काम गर्नु पर्ने बताएका छन् । पामे बचत तथा ऋण सहकारी संस्थाको १२ औ बार्षिक साधारण सभाको उद्घाटन गर्दै सहकारीलाई सक्षम  बनाउन सन्चित कोष रकम बढि जम्मा गर्नु पर्ने बताए ।

 

कार्यक्रममा पोखरा महानगरपालिका २४ का वडा अध्यक्ष भरतबहादुर अधिकारीले पामे बचत तथा ऋण सहकारी संस्थाले जनतामा आर्थिक जागरण ल्याउने काम गरेको बताए । त्यसै गरी पोखरा १८ का वडा अध्यक्ष शिवप्रसाद तिमिल्सिना, सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रशासन अधिकृत चोलकान्त वाग्ले, कास्की बचत तथा ऋण सहकारीका शेरबहादुर कार्की लगाएतले सहकारीले गाउँ गाउँमा वित्तिय साक्षरता जगाउन सहयोग गरेको बताए ।

 

कार्यक्रममा पामे सहकारीका संस्थापक अध्यक्ष प्रेमराज दवाडी, पोखरा २४ का वडा सदस्य रेशम सुबेदी, सृजनसिल आमा अमुह पामेकी अध्यक्ष लक्ष्मी सुबेदी, जनजनगरण महिला विकास सहकारीकी सचिब लक्ष्मी सुबेदी त्रिपाठी, पामे सहकारीका उपाध्यक्ष नवराज पराजुली, सहसचिब गिताकुमारी पौडेल लगाएतले सहकारीले गाउँमा रहेकालाई घर दैलोमा नै पुगेर सहकारीले सेवा प्रदान गर्दै आएको बताए ।

 

कार्यक्रममा सहकारीका शेयर सदस्यका एइई दिएका यस वर्ष उत्कृष्ट नतिजा ल्याउने चार जनालाई समान गरेका थिए । त्यसै गरी सबै भन्दा बढि उमेर पुगेका बृद्धबृद्धा, उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्ता र सहकारीका सस्थापक अध्यक्ष प्रेमराज दवाडी लगाएतलाई सम्मान गरेका थिए । उनीहरुलाई पामे सहकारीका अध्यक्ष अग्निधर त्रिपाठी, सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका रजिष्ट्रार रमेश घर्ति लगाएतले माला र नगद र प्रशंसापदले समान गरेका थिए ।

 

साधारण सभाले अध्यक्ष अग्निधर त्रिपाठी, कोषाध्यक्ष लेखनाथ पराजुली प्रतिबेदन पास गरेको छ । सहकरीमा १ हजार १० जना शेयर सदस्य, अधिकृत पुँजी १५ करोड, चुक्ता पुँजी १० करोड १० लाख रहको छ । आर्थिक वर्ष २०७८/७९ मा १७ करोड ५४ हजार निक्षेप संकलन गरी २५ करोड ८७ लाख कर्जा प्रवाह गरेको छ । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्